Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:३१ बिहान
- ADVERTISEMENT -

शासन व्यवस्थालाई सुदृढीकरण गर्दै विकासको मार्गमा लैजानुपर्छ : मुख्यमन्त्री शाह

प्रकाशित मिति: २०८१ असोज ३, बिहीबार

253
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा लैजानुपर्नेमा जोड दिएका छन् । आज धनगढीमा आयोजित संविधान दिवस तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले संविधान जारी भएसँगै मुलुक दिगो शान्ति, विकास र समृद्धिको मार्ग गएको बताए ।

संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री शाहले भने, “संविधानले निर्दिष्ट गरेको बाटोमा हिँड्न सबैबिच सहकार्य र समन्वय आवश्यक छ । मुलुकको समग्र विकास गरी जनतामा आशा जगाउन सबै दलबिच आपसी एकता र समन्वय जरुरी छ ।” 

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले संविधान जारी भएसँगै नागरिकको राजनैतिक अधिकारका लागि गरिने सङ्घर्षको चरण पूरा भएको बताए । उनले आगामी दिनमा प्रदेशलाई आर्थिक, भौतिक, सामाजिक न्यायको समृद्धिमा लैजाने दायित्व प्रदेश सरकारको रहेको बताए ।

समारोहमा विभिन्न जातजातिको संस्कृति झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारीलगायत प्रदेश सरकारका मन्त्री, कर्मचारी, विद्यालयका छात्रछात्रा र सर्वसाधारणको उपस्थिति थियो । यसअघि धनगढीको सहिद गेटबाट प्रभातफेरी गरिएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -