गोरखा ,नेपाल बिधाथी संघ गोरखाले एक बिज्ञप्ती निकाल्दै भनेको छ। गोरखा बहुप्राविधिक शिक्षालय पालुङटार-४ गोरखाका प्रशिक्षक ई. आशिष रानाभाटले कुनै विद्यार्थी मलाई मन परेन भने म देखाईदिन्छु भन्दै आउँथे ।
सोही शिक्षालयमा शैक्षिक वर्ष २०७७ मा भर्ना भई डिप्लोमा ईन सिभिल ईञ्जीनियरिङ विषयमा अध्ययनरत छात्र श्री श्यामहरि संग्रौला उनलाई मन परेनछ। त्यसैले निज प्रशिक्षकको सर्भे विषयमा प्रत्येक सेमिस्टरमा CTEVT ले लिएको वाह्य परीक्षा उत्तीर्ण हुँदा र प्रयोगात्मक परीक्षामा सबै कार्य अरुसरह कुशलता पूर्वक सम्पन्न गर्दा पनि आग्रहपूर्ण तरिकाले अनुतीर्ण गराउनु हुन्थ्यो।
यस विषयमा धेरै पटक वार्ता छलफल नभएको पनि होइन। विगतका सेमेष्टर जस्तै चौथो सेमेष्टरमा पनि वाह्य तथा प्रयोगात्मक तर्फ गर्नुपर्ने सबै कार्य समयमा नै अन्य साथीहरु सरह सम्पन्न गरेर नतिजा सफल हुने प्रतिक्षामा रहँदा नतिजामा फेरि वदनियत राखि प्रयोगात्मक तर्फ अनुतीर्ण गराई एउटा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको पाईयो ।
सोही सेमेष्टरमा पूनः परीक्षा दिंदा पनि प्रयोगात्मक परिक्षामा नै अनुतीर्ण गराईयो। यस सम्वन्धमा सरोकार पक्ष लगायत प्रमुख जिल्ला अधिकारी ज्यू समेत २/२ पटक जानकारी साथ घटनाको विषयमा अवगत गराइएको थियो। त्यसो गर्दा पनि कुनै निकायवाट चासो राखेको नपाएपछि सम्वन्धित छात्र सम्वन्धित शिक्षक संग कुरा गर्न भनि शिक्षालय पुगी क्याम्पस प्रमुख संग कुरा गर्दै सम्वन्धित शिक्षकसंग कुरा गर्ने वातावरण मिलाई दिन अनुरोध गर्दै थियौं।
- ADVERTISEMENT -
तर निज शिक्षक अर्कै भवनको माथि बसी के गर्न सक्छस गर म कुरा गर्दिन, मैले केही पुर्विचार गर्नु छैन, तँ किन नेपाल विद्यार्थी संघमा लागेको, किन काँग्रेस समर्थित भएको, कांग्रेसीहरुलाई गर्ने नै यसै हो भन्दै उत्तेजित बनाउँदा पनि संयमित भएर सर कुरा त गरौ न भन्दै निज शिक्षक भएतिर जाँदा निज शिक्षक कोठा भित्र वसी ४/५ जना भिजिलान्तेहरु कोठा बाहिर राखेको रहेछन।
हामी सर भएतिर जाँदै गर्दा उनीहरुले विद्यार्थीमाथि दुर्व्यबाहार गरे अँझै विद्यार्थीहरु संयमित हुदै उनी बसेको कोठा भित्र जानलाग्दा निज शिक्षक वाहिर आउनको सट्टा कोठामा चुकुल लगाएर भित्र वसेपछि विद्यार्थीहरुको धैर्यताको बाँध टुट्यो। त्यस पछि समान्य भनाभन र तानातान पछी पनि वार्तामा सामेल नहुनुले नेपाल विद्यार्थी संघका साथीहरुको जुन प्रकारले तेजोबध गर्ने प्रयास गरिएको छ त्यसको नेपाल विद्यार्थी संघ घोर निन्दा र भर्त्सना गर्दछ । शिक्षक भएर विद्यार्थीहरुमा समान व्यबाहार गर्नु र गल्ति सच्याउनुको अलवा पटक पटक पक्षपात व्यबाहार गर्ने र आफ्नो कमजोरी ढाकछोप गर्न अझै अनेक बहाना गर्ने प्रयास गर्ने, यस्ता नैतिकहिन, विवेकहिन व्यक्ति प्रशिक्षक जस्तो मर्यादित पेसामा रहिरहन हुन्न भन्नि क्याम्पस मा तालावन्दी गरीएको छ।
त्यसैले निज प्रशिक्षक यसै शिक्षालयमा रहिरहेमा नेपाल विद्यार्थी संघ टुलुअलु हेरेर नवसी थप आवस्यक कदम चाल्न बाध्य हुनेछ त्यस पछि उत्पन्न हुने परिस्थितिको जवाफदेही सम्वन्धित शिक्षक र क्याम्पस प्रशासन हुन्ने कुरा पनि यसै विज्ञप्तिसाथ जानकारी गराउँदछौं।
जय नेपाल !