काठमाडौं, बुढानीलकण्ठ-८, गणेशचोक ।
सन् १९३० को दशकमा उरुग्वे (Uruguay) मा भएकोउत्पत्ति भएको फुटसल खेललाई जुआन कार्लोस सेरिअनी (Juan Carlos Ceriani) द्वारा मोन्टेभिडियो (Montevideo) मा विकसित गरिएको थियो । नेपालमा भने फुटसलको सुरुवात सन् २००० को दशकको अन्त्यतिर भएको मानिन्छ । नेपाल फुटसल संघ (Nepal Futsal Association, NFA) को स्थापना २०१७ मा भएको थियो ।

सानो मैदान, थोरै खेलाडी, द्रुत गति र उच्च कौशल आवश्यकताले गर्दा फुटसल एक रोमाञ्चक र चुनौतीपूर्ण खेल हो । फुटसलमा रणनीति र टिमवर्क महत्वपूर्ण हुन्छ। खेलाडीहरूले सँगै काम गर्नु, तत्काल निर्णय गर्नु र प्रतिद्वन्द्वीको चाललाई बुझ्न सक्नुपर्छ । सहरी युवाहरु माझ निकै नै लोकप्रिय रहेको यो खेल र मैदानलाई युवा, युवती, सिनियर सिटिजन लगायत विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस भन्ने प्रमुख उद्देश्यका बुढानीलकण्ठ – ८, गणेश चोकमा “भेनस फुटसल एन्ड ट्रेनिङ सेन्टर” को शुभारम्भ भएको छ । नेसनलयुनाइटेड स्कुलसंगै रहेको फुट्सल गणेश स्कुल चोक बाट २ मिनेटको दुरीमा अवस्थित छ l



पण्डितद्वारा विधिवत रूपमा विशेष पुजापाठ यही असार १३ गते शुभारम्भगरिएको उदघाटन कार्यक्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरु,विभिन्न स्कुल तथा कलेजका संस्थापक एवम् प्रिन्सिपलहरु साथैखेलकुदसंग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो l
खेलाडीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अत्याधुनिकरबरलेस कृतिम ग्रासको प्रयोग गरी फुटसल मैदाननिर्माण गरिएको व्यवस्थापक प्रकाश न्यौपानेलेबताउनुभयो l शुभारम्भसंगै उद्घाटन खेल नेसनल युनाइटेड स्कुलबाट २०८० सालको एसईई परीक्षाउत्तीर्ण विद्यार्थीहरुकाबीच भएको थियो भने उक्त दिनभर विभिन्न क्लब तथा संस्था लगायतका ९ टिमका खेलाडीहरूले रातीको ९ बजेसम्म खेल खेलेका थिए lप्रशासनका अनुसार फुट्सल प्रत्येक दिन बिहान ६ बजेदेखि रातको ९ बजेसम्म संचालन हुनेछ l

शुभारम्भ कार्यक्रमको दिनमा नै काठमाडौं उपत्यकाकाविभिन्न क्लब, स्कुल, कलेज तथा व्यावसायिकसंस्थासंग वार्षिक रुपमा सम्झौता गरिएको थियो lफुट्सलले शुभारम्भको अवसरमा परिसरमा स्वास्थ्यकर फुडकोर्ट, विभिन्न पेय पदार्थ उपलब्ध हुने जनाएको छ lविद्यालय तहका विद्यार्थी हरूलाई मध्यनजर गर्दै निकट भविष्य मा नियमित तालिम संचालन हुने जनाएको फुट्सलले शुभारम्भको अवसरमा १ महिना सम्म बुकिंगगर्दा तोकिएको शुल्कमा २५% छुट, ५ घण्टा खेल खेले पश्चात १ घण्टा बोनस तथा प्रति टिम २ बोतल शुद्ध पिउने पानि उपलब्ध गराउने कुरा फुटसल प्रशासनलेजानकारी गराएको छ l














































