Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३२:५९ दिउँसो
- ADVERTISEMENT -

पुरुष र महिला बास्केटबल प्रतियोगिताको उपाधि इन्साईट भिजनलाई

प्रकाशित मिति: २०८१ असार ३, सोमबार

310
Shares

माध्यामिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधी इन्साईट भिजनले हात पारेको छ । मण्डला स्ट्रिटको मुख्य सहयोगमा ‘बन टु हुप क्लब’ले शनिबारदेखि ठमेलस्थित गोदावरी अल्मुनाई एशोसियशनको सभाहलमा आयोजना गरेको पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा पुरुष र महिलातर्फ दुबै उपाधि इन्साईट भिजनले हात पारेको हो ।

प्रतियोगितामा पुरुषतर्फ मनास्लु क्लब र महिलातर्फत टिब्स क्लबलाई हराउँदै दुबै उपाधि इन्साईट भिजनले हात पारेको प्रतियोगिताका संयोजक सोजेशमान मालाकारले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष १७ र महिला ६ गरी २३ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, महिलातर्फ प्रथम हुनेलाई नगद रु १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रा हुने टिमलाई नगद रु सात हजार ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र ट्रफि प्रदान गरिएको संयोजक मालाकारले बताउनुभयो ।

विजयी खेलाडीलाई प्रमाणपत्र प्रदान गर्दै काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गरी नयाँ खेलाडी उत्पादनमा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले युवालाई अनुशासित र स्वास्थ्य बनाउनका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -