- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे

June 9, 2024
110
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा पुलमै फसेका छन् ।

कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए । 

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन् । लठ्ठा चुँडिदा १४ वटा खच्चरहरु एकातर्फ ढल्किएको पुलको जालीमा खुट्टाहरु अडिएका छन् । स्थानीय डिलबहादुर थापाका अनुसार अहिलेसम्म खच्चडको उद्दार हुन सकेको छैन । खच्चडको अधिकभारले अर्को लठ्ठा पनि चुँडिने अवस्थामा रहेको उनले बताए । 

खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए । उनले राकमबाट पठाइएको टोली घटनास्थलमा पुगिसकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com