Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:२७ दिउँसो
- ADVERTISEMENT -

सशस्त्रका दुई एसपीसहित ७ जनालाई विभागीय कारबाही सिफारिस

प्रकाशित मिति: २०८१ जेठ २, बुधबार

343
Shares

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ ।  सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले त्यसबारे छानबिन गरेका हुन् ।

छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा नम्बर–९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले बताए । उनले भने–‘दुई एसपीसहित ७ जनामाथि विभागीय कारबाही थालिएको छ ।’

आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन निष्कर्ष छ । आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको छानबिन समितिको ठहर छ । छानबिनमा संलग्न गृह मन्त्रालयका एक जना अधिकृत भन्छन्– ‘साँचो भण्डार महाशाखामा राखेको र नम्बर–९ पशुपति प्रसाद बाहिनीलाई सुरक्षाको जिम्मेवारी दिएको देखिन्छ ।’

बलम्बुस्थित स्टोरमा आगलागी सुरु भएको थाहा पाउनासाथ समन्वय गरेर ढोका खोल्ने र निभाउन प्रयास गरेको भएमा ठुलो क्षति रोक्न सकिने छानबिन निष्कर्ष छ । छानबिनमा संलग्न अधिकृत भन्छन्– ‘ड्युटीमा बस्नेहरू र भण्डार शाखाको पनि कमजोरी देखिन्छ ।’

यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डार महाशाखाका ७ जना सुरक्षाकर्मी र नम्बर–९ बाहिनीका ११ जनालाई छानबिनको दायरामा ल्याएको थियो । १८ जनामध्ये त्रुटि देखिएका ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -