Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:३२ दिउँसो
- ADVERTISEMENT -

सन्दीपको मुद्दामा बहस : दुवै पक्षले देखाएका प्रमाणले हैरानमा इजलास

प्रकाशित मिति: २०८१ जेठ २, बुधबार

260
Shares

 क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम फैसलाका लागि बहस जारी छ । उच्च अदालत पाटनमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार ६ बजेर २० मिनेटसम्म बहस भएको थियो । न्यायाधीशद्वय बहस सक्ने हतारोमा थिए तर कानुन व्यवसायीहरू भने आफ्ना कुरा राख्नुपर्ने अडानमा देखिए । बहस नसकिएपछि मुद्दा अन्तिम समयमा हेर्दाहेर्दैमा राखियो । 

अन्तिम समयमा जाहेरवाला गौशाला–२६ का तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका थिए । बहस अझै लामो जाने देखि पछि न्यायाधीशहरूले इजलासबाट प्रश्न गरे, ‘विद्वानहरू यो त आज सकिएला जस्तो छैन । भोलिलाई हेर्दाहेर्दै राख्ने कि ?’ 

लगत्तै सन्दीपका कानुन व्यवसायीलाई पनि छलफलका लागि इजलासबाट बोलाइयो । त्यतिबेला सन्दीपका कानुन व्यवसायी सरोजराज घिमिरे उच्च अदालतको आँगनमा पुगेका थिए । इजलासबाट बोलाएपछि उनी दौडिएर पुगे । 

न्यायाधीशले ‘जाहेरवालाका केही कानुन व्यवसायीको बहस बाँकी नै भयो, अनि तपाईंहरूको पनि जवाफ होला नि !’ भनेर सोधे । घिमिरेले जवाफमा आफूहरूको पनि जाहेरवालाले उठाएका केही प्रश्नमा प्रष्ट पार्नुपर्ने भएको भन्दै समय चाहिने तर्क गरे । त्यसपछि न्यायाधीशले हेर्दाहेर्दै राख्ने आदेश गरे । बुधवार सोही इजलासले बहस सुरु गर्नेछ ।

  • बहसमा दुवै पक्षको दाबी – ‘प्रमाणहरू गलत छन्’ 

सन्दीप लामिछानेलाई दोषी ठहर गर्ने र सफाइ दिनुपर्ने दाबी गर्दै दुवै पक्षबाट इजलासमा आफू समक्ष भएका प्रमाणहरू देखाइरहेका छन् । सुरुमा बहस गर्दै सन्दीपका कानुन व्यवसायीले पीडित नाबालिग नरहेको, उनी सन्दीपसँग घुम्नेदेखि होटलसम्म पुग्दाको घटना हेर्दा कहीँ पनि जबरजस्ती नभएको भनी दाबी गरे । उनीहरूले आफूहरूले प्राप्त गरेको जन्ममिति नागरिकता र अन्य कागजातहरू हेर्दा गौशाला–२६ नाबालिग नभएको दाबी गरेका थिए । 

सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, रामनारायण विडारी र सरोजकृष्ण घिमिरे लगायतले बहस गरेका थिए । उनीहरूले बहसका क्रममा यही प्रमाणहरूलाई आधार लिँदै लामिछानेले सफाइ पाउने पर्ने र जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने जिकिर गरेका थिए । 

उनीहरूपछि सरकारका तर्फबाट दुई सरकारी वकिलहरूले बहस गरे । सरकारका तर्फबाट प्रकाश घिमिरे र रत्नकेशरी महर्जनले बहस गरेका थिए । उनीहरूले बहसका क्रममा लामिछानेका तर्फबाट पेश भएका प्रमाणहरूको विश्वास योग्य नभएको दाबी गरे । 

उनीहरूपछि जाहेरवालाका तर्फबाट बहस भएको थियो । जाहेरवालाका तर्फबाट आश्मा आचार्य लगायतले बहस गरेका थिए । बहसका उनीहरूले सन्दीपको भेटपछिको अस्पतालको रिपोर्ट डाक्टरको वकपत्र, जन्ममिति र अदालतको आदेशपछि पेश भएका विवरणहरूका आधारमा फैसला हुनुपर्ने माग गरेका थिए । उनीहरूले लामिछानेका तर्फबाट पेश भएको नागरिकतासहितका जन्ममितिका अन्य कागजातहरू शङ्कास्पद भएको र उनीहरूले कसरी प्राप्त गरेका हुन् भनी प्रश्न उठाए । 

त्यस्तै जन्ममिति तथा नागरिकता प्राप्त गरेको भनी एउटा गाउँपालिकाबाट विवरण पेश भएको तर उक्त नगरपालिकाको रेकर्ड भने नभएको भनी जवाफ दिएकाले यी सबै विवरणहरू शङ्कास्पद भएको दाबी गरिएको थियो । 

गाउँपालिकाको नाममा पेश भएको विवरणमा शंका लागेपछि  जिल्ला अदालतले आदेश गरेको तर उक्त गाउँपालिकाले अनलाइनमै दर्ता हुने भएकाले रेकर्ड नभएको भनी जवाफ दिएको कुरा जाहेरवालाका तर्फबाट इजलासमा उठाएका थिए । त्यस्तै सन्दीपलाई उनका एक समर्थकले दिएको भनी झुट्टा कागजसमेत पेश भएको र अहिले त्यसको प्रमाणबारे कुनै पनि जिकिर लामिछानेका कानुन व्यवसायीले किन नगरेको भन्दै उनीहरूले इजलासमा प्रश्न उठाए । 

जाहेरवालाहरूले पीडित सन्दीपसँग घुम्न जानु अघि कुनै पनि शारीरिक सम्पर्क देखिने कार्यमा संलग्न नभएको तर भेटपछि समर्पक भएको मेडिकल रिपोर्टमा देखिएको दाबी इजलासमा गरेका थिए । दुवै पक्षले यसरी प्रमाण पेश गरेपछि न्यायाधीशहरू भने रनभुल्लमा परेझैँ देखिन्थे । कुन पक्षको प्रमाणलाई विश्वास गर्ने भनेर उनीहरूले पटक–पटक दुवै पक्षका कानुन व्यवसायीलाई प्रश्न सोधिरहेका देखिन्थे । 

अदालतले बुधबार चिया समय अघिसम्म बहस सकेर फैसला सुनाउनका लागि कानुन व्यवसायीलाई अनुरोध गरेको छ । आज जाहेरवालाका बाँकी कानुन व्यवसायी र सन्दीप पक्षका कानुन व्यवसायीले जवाफ दिएपछि फैसला सुनाउने छ । 

अदालतले आज केही संक्षिप्त आदेश सुनाउने र पूर्णपाठ पछि मात्र सार्वजनिक गर्ने सम्भावना छ । उच्चले यो विवादलाई सफाइ दिने, जिल्लाकै फैसलालाई सदर गर्ने वा सबै उल्टाएर नाबालिग ठहर गरी १० देखि १२ वर्ष कैदको सजाय सुनाउने मध्ये एउटा विकल्प लिन सक्नेछ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -