सरकारले निर्माणाधीन क्रिकेट रंगशालाहरुलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनका अनुसार खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ ।
काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालालाई तीव्रता दिइने राष्ट्रपति पौडेलले जानकारी दिए ।









































