Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३२:२१ दिउँसो
- ADVERTISEMENT -

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

प्रकाशित मिति: २०८१ जेठ १, मंगलबार

324
Shares

सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो ।

सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताए । ‘उहाँहरुले अनलाइनबाट पठाएको रिट निवेदन हामीले प्रारम्भिक रुपमा हेर्छौं, त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात माग्नेछौं’, उनले भने, ‘हामीले परीक्षणको रुपमा यो सेवा सुरु गर्न खोजेको हो । काम गर्दै गएपछि आवश्यक परेमा थप परिमार्जन गरिनेछ ।’

प्रवक्ता उप्रेतीका अनुसार यो व्यवस्थाले काठमाडौं बाहिरका सेवाग्राहीलाई सहज हुनेछ । ‘उहाँहरुलाई बाहिरबाट एउटा रिट निवेदन दर्ता गर्नपनि काठमाडौं आउनैपर्ने बाध्यता थियो । त्यसक्रममा अनेक झञ्झट हुन्थ्यो, अब त्यो हट्नेछ’, उनले भने, ‘प्रारम्भिक परीक्षणपछि अनलाईन दर्ता प्रणालीलाई थप परिमार्जन गर्दै लैजाने योजना छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -