- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बाढीका कारण सयभन्दा धेरैको मृत्यु, एक लाख घर ध्वस्त

May 9, 2024
268
Shares
- ADVERTISEMENT -

 ब्राजिल यतिबेला प्राकृतिक प्रकोपको चपेटामा आएको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको मुसलधारे वर्षाका कारण बाढी आएको छ । बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको छ । 

बाढीबाट साढे १४ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस विस्थापित भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्याङ्क अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अप्रिल २९ देखिको मुसलधारे वर्षा

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ यता मुसलधारे वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा आएका छन् । यो राज्य ब्राजिलको कृषि र पशुपालनको लागि प्रमुख राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको पनि सामना गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

एक अनुमान अनुसार वर्षा र बाढी कारण करिब ४ अर्ब ६० करोड रियाल बराबरको आर्थिक क्षति भएको छ भने घर तथा पूर्वाधारमा पनि निकै क्षति पुगेको छ । सञ्चारमाध्यमका अनुसार १३० जनाभन्दा धेरै अझै बेपत्ता छन् । वर्षा जारी रहने र स्थिति झनै बिग्रन सक्ने जल तथा मौसम विभागले अनुमान गरेको छ । वर्षाका कारण खोला र पोखरी भरिभराउ भएका छन् । बाढीको सबैभन्दा धेरै प्रभाव पोर्टाे एलेग्रेमा देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com