Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:४३ बिहान
- ADVERTISEMENT -

मनास्लु क्षेत्रमा पहिलो पटक हिमचितुवा गनियो, १५ वटा भेटिए

प्रकाशित मिति: २०८१ वैशाख २६, बुधबार

192
Shares

 गोरखाको मनास्लु क्षेत्रमा १५ वटाभन्दा बढी हिमचितुवा पाइएको छ । ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट अफ चेक एकेडेमी साइन्सले करिब ३ वर्ष लगाएर मनास्लु क्षेत्रमा हिमचितुवा गणना गरेको थियो ।

पहिलो पटक हिमचितुवाको गणना गरिएको हिमचितुवा गणनाको नेतृत्व डा विक्रम श्रेष्ठले गरेका थिए । श्रेष्ठले चुम र नुब्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको जानकारी दिए । उनका अनुसार मनास्लु क्षेत्रमा भेटिएका चितुवा लोपन्मुख प्रजातिका हुन् ।

मनास्लु क्षेत्रमा पाइएका हिमचितुवा नेपालसहित एसियाको १२ वटा देशमा मात्र पाइने अध्ययन टोलीको निष्कर्ष छ । नुब्री भ्यालीमा सन् २०२० नोभेम्वर देखि २०२१ जनवरीसम्म हिमचितुवाको गणना गरिएको थियो ।

चुमभ्यालीमा भने २०२१ डिसेम्बरदेखि २०२२ फेब्रअरीसम्म गणना भएको थियो । चितुवाको संख्या गन्न उनीहरुले चुम र नुव्री दुवैतर्फ ६०÷६० वटा क्यामेरा जडान गरेका थिए । कुल ६ सय वर्ग किलोमिटरसम्म कभर हुने गरी क्यामेरा जडान भएको श्रेष्ठले जानकारी दिए । ‘२५ सय देखि ५ हजारसम्म को हाइट भएको ठाउँमा क्यामेरा जडान गरेका थियौ’, उनले भने ।

श्रेष्ठका अनुसार चुमभ्याली तर्फ चुम्लिङदेखि मु गुम्वा–कालुङ र नुव्रीतर्फ बिहीदेखि साम्दोसम्म क्यामेरा जडान भएको थियो । उनले यसभन्दा अगाडी उक्त क्षेत्रमा हिमचितुवाको गणना नभएको जानकारी दिए  ।

१५ वटा चितुवाको संख्यालाई अध्ययन टोलीले सन्तोषजनक मानेका छन् । ‘अन्नपूर्ण र लाङटाङको करिडोर क्षेत्र मनास्लु भएकाले पनि यहाँ हिमचितुवाको गणना हुनु आवश्यक थियो’, उनले भने, ‘त्यसैले हामीले यो काम गरेका हौ ।’

उनका अनुसार अनुसन्धान गरेर तथ्यांक संकलनको काम सकिएको छ । विश्लेषण गरेर प्रतिवेदन तयार गर्ने काम भने बाँकी छ । २ महिनाभित्र प्रतिवेदन तयार हुनेछ । ‘हिमचितुवाको बासस्थान र आहार प्रजातिलाई जोगाउनुपर्ने देखियो, नत्र यो प्रजातिको चितुवा लोप भएर जान्छ’, उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -