- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सन्दीप लामिछानेबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

May 5, 2024
88
Shares
- ADVERTISEMENT -

आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि गायिका रचना रिमालले छिटो निर्णय दिन आग्रह गरेकी छन् । फेसबुकमा पोस्ट गर्दै उनले ‘दोषी भए सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन’ आग्रह गरेकी हुन् ।

लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा राखियो ।यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो ।

सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । सो निर्णयविरुद्ध सन्दीप सर्वोच्च गएका छन् ।

- ADVERTISEMENT -

Advertisement

तर, मुद्दा सरेको सर्यै भइरहेको छ । सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै रचनाले लेखेकी छन्, ‘दोषी भए कानुनअनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ ।’

रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com