- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मोरङमा श्रीमतीको हत्या गरी श्रीमान फरार

May 2, 2024
127
Shares
- ADVERTISEMENT -

मोरङमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन्। गएराती मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित गोर्खाली टोलमा पदम तामांङले आफ्नै श्रीमतीको ४५ बर्षकी मनमाया तामांङको हत्या गरी फरार भएका हुन् ।

बिहिबार बेलुका ८ बजेसम्म श्रीमान श्रीमती सँगै रहेको र यसघि पनि पदमले श्रीमती माथि कुटपिट गर्ने गरेकाले उनले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

‘ठ्याकै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने चाहिँ यकिन भएको छैन, निरिक्षक दाहालले भने,’प्रहरीको प्राम्भिक अनुसन्धानमा उनले हत्या गरेको हुनसक्ने देखिएको छ अहिले श्रीमान फरार छ मृत अवस्थामा श्रीमतीको शव चाहिँ फेला परेको छ।’

हिजो बेलुका श्रीमान श्रीमती संगै घरमा रहेको स्थानीयहरुले बताएकाले उनले नै हत्या गरेर फरार भएको हुनसक्ने उनले बताए। यो भन्दा पनि उनले श्रीमतीलाई पटक -पटक कुटपिट गर्ने गरेको बुझ्न उनले बताए। रातीको समय भएकाले छिमेकीहरुले पनि थाहा नभएको र के कसरी घटना घटायो भन्ने ’अनुसन्धान भैरहेको बताए।

- ADVERTISEMENT -

Advertisement

अहिले मृतकको शव पोष्टमाटंमको लागि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ। प्रहरी परिचालन गरी फरार श्रीमानको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार पदमले यसअघि पनि आफ्नै आमालाई जबर्जस्ती गर्न खोजेको बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -