- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अति नै भयो, अब ममाथि षड्यन्त्र गर्ने र घटनामा संलग्नको नाम सार्वजनिक गर्छुः सन्दीप लामिछाने

May 2, 2024
238
Shares
- ADVERTISEMENT -

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षडयन्त्रको सिकार भएको बताएका छन् । बुधबार टी– २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको  र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले घटनामा संलग्न भनेका कारण प्रहरीले गौशाला ‘२६’ भनेर नाम दिएकी युवतीको हुनसक्ने अनुमान सन्दीपका समर्थकहरूले गरेका छन् ।   

- ADVERTISEMENT -

Advertisement

उनले पहिलो पोष्टमा भनेका छन, ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षडयन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन । यस षडयन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिऊन् । म सबै कुरा भगवानमा छोड्छु । सत्य तथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।

त्यसपछि सन्दीपले अर्को पोष्ट गर्दै आफूमाथि भएको षडयन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु । तर म यस षडयन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।’ 

- ADVERTISEMENT -

Advertisement

विस २०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् भने जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै जिल्ला सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा पुनरावेदन गरेको छ । अहिले उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ राखेर सुनुवाइ गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -