- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साम्वालाई पेरिसमा भब्य स्वागत

April 30, 2024
439
Shares
- ADVERTISEMENT -

गोरखाली समाज फ्रान्सको आयोजनामा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्वाको ) पेरिसमा भब्य स्वागत तथा सम्मान गरियो।फ्रान्सको राजधानी पेरिसमा स्थित एन आर एन फ्रान्सका सस्थापक तथा गोर्खाली फ्रान्सका अभिभावक हरिहर अर्यालको निवास (निर्मल)निवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत सुधिर भट्टराई साथै बिशेष अतिथि सावित्रा भण्डारी सम्बा रहनु भएको थियो।

गोरखाली समाज फ्रान्सले २७ अप्रिल २०२४ सनिबार आयोजना गरेको ” स्वागत तथा बधाई कार्यक्रम को ” सभापतित्व सस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठले गर्नु भएको थियो।नेपालका प्राय सम्पूर्ण सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सस्थाका प्रमुक अभिभावक हरिहर अर्यालले प्रमुक अतिथि महामहिम सुधिर भट्टराई र बिशेष अतिथिति सावित्रा भण्डारीलाई फुलको गुच्छा र दोसल्लाले स्वागत गर्नु भएको थियो भने महामहिम भट्टराई ज्युले सावित्रा भण्डारीले देखाउनु भएको उच्चकोटिको प्रदशनको कुटनीतिक स्तरमै प्रसंशा भएकोमा आफु निकै प्रफुल्ल भएको भन्दै सबै सामु यो हामी सबै नेपालीको गौरबको कुरा भएको र आगामी दिनमा साम्वाको उत्तरुत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उपस्थित संग सस्थाका प्रतिनिधि नेपाली जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर राना ,एकता समाज फ्रान्सका अध्यक्ष जिता कटुवाल ,एनआर एन ए फ्रान्सका भुत पूर्व आइ सी सी सदस्य अमर भण्डारी इनास फ्रान्सका अध्यक्ष आभास आचार्य ,एन आर एनए फ्रान्सका प्रबक्ता राजेन्द्र बाबु श्रेष्ठले गोर्खाली समाज फ्रान्सले गरेको यस्तो कलाकार प्रतिको उच्च कदर र परदेशी भूमिमा पाएको सम्मानले कलाकारको मनोबल थप उत्प्रेरित हुने साथै रास्ट्रिय खेल जगतमा आगामी दिनमा नया आयाम थप्ने धारणा राख्नु भएको थियो ।

गोर्खाली फ्रान्सका प्रमुक अभिभाबक हरिहर अर्यालले बिशेष स्वागत तथा बधाई ज्ञापन गर्नुहुदै नव महामहिम भट्टराईको स्वागत र नेपाली फुटबल जगतमा सावित्रा भण्डारीले दिनुभएको अतुलनिय योगदानको खुलेर प्रसंशा गर्नु भयो साथै गोर्खाली फ्रान्सका अभिभाबक एन एर एनए फ्रान्सका भुत पूर्व अद्यक्ष निर्मल अर्यालले सावित्राको उच्च कदर गर्दै उहालॆ जसरि विश्व जगतमा नेपालको गरिमा मुखरित गर्नु भएको छ ,हामी तेसै गरि गोर्खाली समाज फ्रान्स साथै सम्पूर्ण नेपाली सस्था एक भयर उहाको साथमा आबस्यक परे जुनसुकै सहयोग गर्न तयार हुने छौ र यसको पहल गोर्खाली समाजले गर्ने भन्दै साम्वालाई हौसला दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यस्तै क्रममा नेपाली राष्ट्रिय महिला खेलाडी फ्रान्सको उत्क्रिष्ठ क्लबमा सर्बोत्क्रिष्ठ खेल पस्किने एउटी नेपाली चेलीको जब जिबनको भोगाई अनुभब र आजको अबस्था सम्म पुग्ने कर्म रेखाको बिस्तारित चित्रण सावित्रा भण्डारीले प्रस्तुत गर्नु भयो उपस्थित सबैलाई भाबुक र अनुत्तोरित बनाउनु भएको थियो भने कर्म गर बिचलित हैन विसर्जित समयले तत् समयनुकुल गराउने छ भन्ने उत्प्रेरणा समेत मिलेको सबैमा आभाष भएको थियो ।

अन्त्यमा अध्यक्ष तथा कार्यक्रमका सभापति रामेश्वर श्रेष्ठले उपस्थित महामहिम ज्यु लगायत सम्पूर्ण सस्थाका प्रतिनिधि तथा कार्यसमिति साथीहरु सम्पूर्ण सदस्य र खेलाडी साथै गोर्खाली परिवारमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।कार्यक्रम संचालक समाजका उपाध्यक्ष सुजन राज भट्ट र सचिब रंजित भट्टले गर्नु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -