- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बंगलादेशमा सम्पन्न यू–१९ आमन्त्रित भलिबलमा नेपाल दोस्रो

April 30, 2024
118
Shares
- ADVERTISEMENT -

बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको थियो ।  

बंगलादेश निलोलाई हराउँदै नेपाली टोली प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसपछि नेपाली टोलीले बंगलादेशको रातो टोलीसँग फाइनलमा भिडन्त पक्का गरेको थियो । 

- ADVERTISEMENT -

Advertisement

उक्त प्रतियोगितामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै भक्तपुरबाट खेलाडीहरु सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, ईज्जत दनै, सशी पुलामी मगर र भुवन तामाङ बंगलादेश गएका थिए ।

बंगलादेश गएको नेपाली टोलीको ब्यवस्थापकमा दीपक थापा, प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका थिए । 
 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com