- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रिय महिला भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै पुलिस फाइनलमा

April 26, 2024
98
Shares
- ADVERTISEMENT -

सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय डर्बी बिचको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला कर्भड हलमा भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले २५–१९, १७–२५, २५–१५ र २५–१३ ले आर्मीलाई पराजित गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

राउन्ड रोबिन अन्तर्गत भएको प्रतियोगितामा यस जितसँगै पुलिस ३ खेलमा ६ अंकसहित फाइनल प्रवेश गरेको हो ।

आजको दोस्रो खेल एपिएफ क्लब र चन्द्रागिरी न्युडाइमण्ड क्लबबिच हुनेछ । यस खेलको विजेताले फाइनलमा उपाधीका लागि पुलिससँग भेट गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

यस प्रतियोगिताको फाइनल शनिबार दशरथ रंगशाला कर्भड हलमा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार पाउनेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार पाउनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -