Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:०३ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री लामिछानेलाई पोखराका पीडितको प्रश्न : सहकारी किन लुटेको ?

प्रकाशित मिति: २०८१ वैशाख १०, सोमबार

280
Shares

 पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा बृहत दबाब र्‍याली प्रदर्शन गरेका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेको थियो । सहकारी पीडितले सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण रहेको भन्दै नाराबाजी गरेका थिए । पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ लगायत नारा लगाएका थिए । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि र्‍यालीमा सहभागी थिए । सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आवद्ध छन् ।

यसअघि यी सहकारीका बचतकर्ताले छुट्टाछुट्टै संघर्ष समिति बनाएर आन्दोलित हुँदै आएका थिए । ‘अहिले अदालतमा मुद्दा परेका सहकारी मात्रै ६ वटा हुन्, समस्यामा परेका सहकारी दर्जनौं छन्,’ संयोजक श्रेष्ठले भने, ‘राज्यका सबै निकायमा अनुरोध, ज्ञापनपत्र, दबाब दिँदा पनि हाम्रो समस्या समाधान गर्न उदासिन देखिएकोले थप दबाब सिर्जना गर्न संघर्षका कार्यक्रम ल्याउनुपरेको हो ।’ र्‍यालीपछि अन्य संघर्षक कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -