- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वाधार विकास समितिको टोलीद्वारा राष्ट्रिय गौरवका आयोजनाकाे अनुगमन

April 22, 2024
60
Shares
- ADVERTISEMENT -

 प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ । पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको उक्त टोलीले बाँकेको नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने छ ।

टोलीले आइतबार सल्यानमा सरकोकारवालासँग अन्तक्र्रिया गरेको छ । अनुगमन टोलीमा पूर्वमन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य उर्मिला माझी, मैना कार्कीलगायत रहेका छन् । समितिका संयोजक शाहीले कर्णाली प्रदेशमा पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “कर्णाली प्रदेशमा सडकलगायत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन सकेको छैन । अब गरिने विकासमा कर्णालीलाई प्राथमिकतामा राखिनुपर्दछ ।”

- ADVERTISEMENT -

Advertisement

सल्यानमा निर्माणाधीन सडकको अवस्थाका विषयमा गरिएको छलफलमा संयोजक शाहीले यसअघिका सरकारले अघि सारेका विकास आयोजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए । उनले भने, “प्रदेश र जिल्लामा सञ्चालित गौरवका पूर्वाधारका योजनामा ध्यान नदिएर अहिलेको सरकारले योजना अलपत्र पार्न खोजेको छ । यो राम्रो कार्य होइन । मन्त्री र सरकार फेरिँदैमा आयोजनामा असर पर्नुहुँदैन ।”

पूर्वमन्त्री तथा विकास समितिका सदस्य ज्वालाले छनोटमा परेका विकास निर्माणका योजना कार्यान्वयमा ढिलाइ हुँदा नागरिकमा निरासा बढेको बताए । उनले भने, “विभिन्न योजनामा बजेट छ । टेन्डर भएको छ । तर कार्यान्वयनमा प्रभावकारिता छैन । यसलाई सुधार गर्न सबैले पहल लिनुपर्दछ ।”

- ADVERTISEMENT -

Advertisement

सल्यानमा सञ्चालित मदन भण्डारी राजमार्ग, राप्ती राजमार्गसहित कर्णाली प्रदेशमा निर्माणाधीन मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोरलगायतका सडकमा भइरहेको कामको अनुगमन गरी स्थलगत रिपोर्ट तयार गरेर विकास समिति,  सम्बन्धित मन्त्री र मन्त्रालयलाई बुझाइने अनुगमन समितिका सदस्य माझीले जानकारी दिए । उनले भने, “सडक पूर्वाधारका कामलाई छिटोछरितो र गुणस्तरीय बनाउन समितिको तर्फबाट ध्यानाकर्षण गराउँछौँ ।

कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हुँदैमा सञ्चालित गौरवका आयोजना प्रभावित हुन नहुनेमा जोड दिए । राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा आवश्यक बजेटको स्रोतको सुनिश्चिता भए पनि सरकार फेरबदल भएपछि बोलपत्र आह्वान नभएको उनीहरुको गुनासो थियो । 

कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यान र रुकुमका लागि जीवन (लाइफलाइन) को रुपमा रहेको राप्ती राजमार्गको काममा ढिलाइ भएको बताए । उनले भने, “ठेक्का सम्झौता भएको लामो समयम भए पनि काममा ढिलाइ भएको छ । यसलाई छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।” 

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले अघि बढाइएका आयोजनाका काम रोक्न नहुने बताइन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -