Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१६:५३ दिउँसो
- ADVERTISEMENT -

कुमारीपाटीस्थित कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी

प्रकाशित मिति: २०८१ वैशाख ७, शुक्रबार

224
Shares

ललितपुरको कुमारीपाटीस्थित कल्याण उपकार सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हुन्, लीलाबहादुर गुरुङ । उनी हाल ललितपुर प्रहरीको हिरासतमा छन् । उनीमाथि कल्याण उपकार सेभिङ्ग  एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको निक्षेप अपचलन गरेको आरोप छ ।

उनीविरुद्ध सीआईबीले पनि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरेको थियो । नयाँ कृषि सहकारी प्रकरणमा मुद्दा नचल्ने निर्णयसँगै उनलाई ललितपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गुरुङ नयाँ कृषि सहकारीको पनि उपाध्यक्ष हुन् ।

कल्याण सेभिङ्ग एन्ड क्रेटिमा जम्मा गरेको निक्षेप हिनामिना गरेको आरोपमा ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुनेमा काठमाडौँ महानगरपालिका–१८ घर भएका रोशनमान वैद्य, काठमाडौँ महानगरपालिका–९ घर भएका रामकृष्ण जयखु श्रेष्ठ, काठमाडौँ–१६ का मोहन कृष्ण गुरुङ, ललितपुर महानगरपालिका–२० घर भएकी चण्डिका श्रेष्ठ जोशी, ओखलढुङ्गा रुम्जाटारकी मुंङ्गा गुरुङ र काठमाडौँ– १५ घर भएकी सरिता महर्जन छन् । उनीहरू सबै सो सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हुन् ।

कल्याण सेभिङ्गको रकम हिनामिना गरेको आरोपमा अहिलेसम्म १५१ जना पीडितले जाहेरी दिएका छन् । ३९ जना निक्षेपकर्ताहरू प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नरेशराज सुवेदीले बताए । सुवेदीले भने– ‘जाहेरी आउने क्रम जारी छ ।’

अहिलेसम्म परेको जाहेरीअनुसार २८ करोड ११ लाख ७१ हजार रकम हिनामिना भएको भेटिएको छ । तर, सहकारीको कागजात अध्ययन र जाहेरीको सङ्ख्याअनुसार सो रकम बढ्ने अनुसन्धान अधिकृतहरु बताउँछन् । अहिलेसम्म परेको जाहेरी संंख्या ६० वटा छ ।

कल्याण उपकार सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष गुरुङ ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का स्थानीय हुन् । ५२ वर्षीय गुरुङ उनी ललितपुर महानगरपालिका वडा नम्बर–४ स्थित बागडोलमा बस्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -