Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४८:०५ दिउँसो
- ADVERTISEMENT -

पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण मर्नेको सङ्ख्या ३९ पुग्यो

प्रकाशित मिति: २०८१ वैशाख ४, मंगलबार

441
Shares

कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ । वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको समयमा चट्याङ पर्दा भएको बताइएको छ । अनलाइनमा देखिएका केही तस्बिरमा वर्षाको पानीले खेतबारी चुर्लुम्म डुबेको देखिन्छ ।

अचानकको बाढीका कारण बिजुलीको आपूर्ति बन्द भएको छ भने सडकमा आवागमन प्रभावित भएको बताइएको छ । जलवायु परिवर्तनसँगै पाकिस्तानमा विषम मौसमी अवस्था बढेका छन् । सन् २०२२ मा देशको एक तिहाइ क्षेत्र बाढीको प्रकोपमा पर्दा १ हजार ७०० भन्दा धेरैको मृत्यु भएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए । त्यतिबेला दसौँ लाख मानिस घरबार विहीन बन्दा महिनौँ सम्म पिउने सफा पानीको अभाव थियो । सन् २०२२ मा आएको बाढीका कारण प्रभावित खैबर पख्तुन्खवा र बलूचिस्तानलगायत क्षेत्र हालैका आँधीबेहरीको चपेटामा आएका छन् ।

आगामी केही दिनमा थप भारी वर्षा हुन् पाकिस्तानको मौसम विभागले चेतावनी जारी गरिरहँदा त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पहिरो खस्ने र बाढी आउन सक्ने चेतावनी दिइरहेको छ । शुक्रबारदेखि शनिबारको बीचमा चट्याङमा परेर पन्जाबमा सबैभन्दा धेरै २१ जनाको मृत्यु भएको भन्दै एएफपीले समाचार छापेको छ । सुदुरपश्चिम बलूचिस्तान प्रान्तमा पनि कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले यस क्षेत्रमा आपतकालको घोषणा गरेका छन् । सोमबार र मङ्गलवार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -