दश मिसको खोजि गर्दै सातौ संस्करणका लागि मिस ग्रान्ड नेपालको पत्रकार सम्मेलन, २०२४ मा देशको प्रतिनिधित्वका लागि मिस ग्रान्ड वोर्ल्ड, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल, मिस ग्लोबल इन्टरनेसनल , मिस प्लानेट इन्टरनेसनलका लागि प्रतिस्पर्धी खोज्नका लागि पत्रकार सम्मेलन हिजो राजधानीमा गरियो । मिस ग्रान्ड नेपाल २०२४ मा सहभागी हुन चाहने हरुले आगामी जेस्ठ १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । राजधानीको नयाबजार स्थित होटल A One गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालका अध्यक्ष किशन राज सिंगले जानकारी गरउनु भयो।
नेपाली युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने कोरियोग्राफर रोजिन शाक्य तथा किसन सिंगले बताउनु भयो। लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने मिस ग्रान्ड नेपालको योजना छ । सिंहले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै अवार्ड समेत नेपालले हात पारेको जानकारी गराउनु भयो ।
२०२२ मा नेपालले इन्टरनेसनल ताज समेत जितेको, र २०२३ टुरिजम अवार्ड हात पारेको हुनाले हर्सित हुदै अझ धेरै इन्टरनेसनल ताज नेपाल भित्राउने जमर्कोमा रहेको देखियो । मिस ग्रान्ड नेपाल २०२४ का बिजेताले नगदको साथै, स्कुटर ,गोल्डेन थान्का , कम्पनी ambassador र चलचित्रमा नायिका सहमेत हुदै , सबै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ ,२०२५ मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्। कार्यक्रमको फारम देश भर खुल्ला गरिएको छ। काठमाडौँमा जेष्ठ १९ गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपउक्त कक्षाबाट तालिम प्रदान गर्दै साउनको अन्तिम साता फिनाले गरिने बताउनु भयो।








































