- ADVERTISEMENT -

एसीसी प्रिमियर कप: ललित राजवंशीले दिलाए चौथो सफलता

April 15, 2024
142
Shares
- ADVERTISEMENT -

एसीसी प्रिमियर कप अन्तर्गत हङकङविरुद्धको खेलमा ललित राजवंशीले नेपाललाई चौथो सफलता दिलाएका छन्। 

ललितले दशौँ ओभरको दोस्रो बलमा बाबर हायातलाई ६ रन बनाउँदा पेभेलियनको बाटो देखाए। 

- ADVERTISEMENT -

Advertisement

त्यसअघि करणले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै ओपनर मार्टिन कोट्जीलाई विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट गराए। उनी ८ रन बनाउँदा पेभेलिन फर्के। 

अर्का अ‍ोपनर अंशी रथ ३४ रन बनाउँदा रन आउट भए। कप्तान निजाकत खान १२ रन बनाउँदा रन आउट नै भए। 

- ADVERTISEMENT -

Advertisement

ओमानको अल अमरेट क्रिकेट मैदान ए मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको हङकङले १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ७० रन बनाएर खेलिरहेको छ। 

वर्षाका कारण मैदान चिसो हुँदा करिब १ घण्टा ढिला सुरु भएको खेल १८ ओभरमा छोट्टाइएको छ।
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -