एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले पहिले बलिङ गरिरहेको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा वर्षाको कारण ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
वर्षाका कारण खेल १८ ओभरमा झारिएको छ ।
नेपाल लगातार तेस्रो जितको खोजीमा छ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो ।
लगातार २ खेलमा जित हासिल गरेको नेपाल ४ अंकसहित समूह एको अंकतालिकामा शीर्ष स्थानमा छ।









































