- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकै ओभरमा ६ छक्काको कीर्तिमान

April 14, 2024
116
Shares
- ADVERTISEMENT -

एसीसी प्रिमियर कप क्रिकेटको कतारविरुद्धको खेलमा शनिवार नेपालका दीपेन्द्रसिंह ऐरीले दुर्लभ विश्व कीर्तिमान बराबरी गरे । ओमानमा उनले एकै ओभरमा ६ वटा छक्का प्रहार गर्दै विश्व कीर्तिमानमा बराबरी गरेका हुन् ।

नेपाली खेलाडीका लागि भने यो एकमात्र कीर्तिमान हो ।

- ADVERTISEMENT -

Advertisement

यससँगै दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने विश्वभरकै पाँचौं खेलाडी बनेका छन् । 

भारतका युवराज सिंह एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । उनले इंग्ल्यान्डका बर स्टुवार्ड बोर्डविरुद्ध कीर्तिमान बनाएका थिए । यो विश्वकपको उपाधि फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले नै जितेको थियो । 

- ADVERTISEMENT -

Advertisement

यसपछि सो वर्ष दक्षिण अफ्रिकाका हर्सचेल गिब्सले एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा एकै ओभरमा ६ वटा छक्का हानेका थिए । 

यस्तै एकै ओभरमा ६ छक्का प्रहार गर्नेको कीर्तिमान वेस्ट इन्डिजका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले नाममा पनि छ ।

पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो कीर्तिमान बनाएका थिए । उनले अकिला जनञ्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए । यसैगरी मलहोत्राले पनि सोही वर्ष पपुवा न्युगिनीविरुद्ध कीर्तिमान बनाएका हुन् ।

युवराज, पोलार्ड र दीपेन्द्रले टी–२० तथा गिब्स र मलहोत्राले एकदिवसीयतर्फ एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । 

 शनिवार कतारविरुद्धको सहज जीत निकाल्दा दीपेन्द्रले अर्धशतकीय पारी खेल्दै नेपालका लागि सर्वाधिक रन बनाएका थिए । उनी ६४ रनमा अविजित रहे । यस क्रममा उनले ७ छक्का र ३ चौका प्रहार गरे ।

यसअघि पनि दीपेन्द्रले मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेको भने पहिलोपटक हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -