प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांगेस र बिना प्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर बैठक अवरुद्ध पारेका हुन् ।

त्यसलगत्तै कांग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिइन्
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न पटक पटक आग्रह गरेपनि सांसदहरू उभिएर बैठक अवरुद्ध पारिरहेका छन् ।
यसअघि सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा दलहरुबीच छलफल भएको थियो । छलफलमामा सदन खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।
बालुवाटारको बैठकमा सभामुख घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थिति थियो ।







































