Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३४:५९ दिउँसो
- ADVERTISEMENT -

गोरखामा सुरु भयो सेनाको जितगढीसम्मको एकीकरण पदयात्रा

प्रकाशित मिति: २०८० चैत २७, मंगलबार

307
Shares

नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ ।

मंगलवार गोरखा दरबारबाट यात्रा सुुरु भएको हो । अधिकृतको कमाण्डमा ४८ जना यात्रामा सहभागी छन् ।

उनीहरुलाई एक कार्यक्रमका बीच तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोखर, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झण्डा र टर्च लाइट दिएर बिदाइ गरिएको रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्रीले बताए ।

नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रुपमा झण्डा र टर्च हस्तान्तरण गरेका हुन् ।

गोरखाबाट सुरु भएको यात्रा तनहुँ पाल्पा हुदैं जितगढी पुग्ने गणपती क्षेत्रीले बताए । ‘आठ दिनको यात्रा हुनेछ,’ उनले भने, ‘गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्छ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउछ ।’

रुपन्देशीको टोली वैशाख ५ गते जितगढी पुगेर बिजय उत्सवमा सहभागी हुने उनले जानकारी दिए ।

उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रुपमा मनाउने गरिन्छ ।

ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यका साथ पदयात्रा सुरु गरिएको पृतनापति पौडेलले बताए । पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पुर्‍याउने उनले जानकारी दिए ।

करिब दुई सय सात किलोमिटर दूरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -