Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:३४ दिउँसो
- ADVERTISEMENT -

दोहोरी साँझ र नाइट क्लबलाई नयाँ नियम : ग्राहक रक्सी पिएर अचेत भएमा व्यवसायीले नै घर पुर्‍याइदिनुपर्ने

प्रकाशित मिति: २०८० चैत २३, शुक्रबार

248
Shares

दोहोरी साँझ, नाइट क्लबलगायत रात्रिकालीन मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीको लागि नयाँ नियम आएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुल्ला गर्ने सन्दर्भमा रक्सी पिएर अचेत भएका ग्राहकलाई व्यवसायीले नै घर पुर्‍याइदिनुपर्नेलगायतका नयाँ नियम आएको हो ।

गृहमन्त्रालयमा शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको  छलफलमा यसबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनकारी गराए ।

जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ ।

श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी साँझ, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिमा अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने संहितामा छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अस्लीलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पुर्या‍उनुपर्ने व्यवस्था मिलाउनुपर्ने पनि भनिएको छ । व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन÷शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोसाक परिवर्तन गर्ने कोठामा सीसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -