एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि कमल सिंह ऐरीले चौथोे विकेट लिएका हुन्।
उनले आयरल्याण्ड ‘ए’ का कप्तान निल रकलाई ३९ रनमा आउट गरे। यसअघि मौसम ढकाल, साहब आलम र रिजन ढकालले नेपालका लागि १–१ विकेट लिए।
टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।









































