प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाएको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै कांग्रेस सांसद रामकृष्ण यादवले यसबारे बोलेका हुन् ।
“डीपी अर्याल हाम्रो नयाँ कृषिको उपाध्यक्ष हुँदा निक्षेपकर्ताहरूले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ,” सांसद यादवले भने, “अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकरीको सञ्चालक समिति सदस्य थिए ।”







































