- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव विप्लव

April 1, 2024
360
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन् । 

सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताएका हुन् । उनले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए । पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे । उनले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए । 

- ADVERTISEMENT -

Advertisement

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने बताए । उनले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताए । उनले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने पनि बताए । 


महासचिव चन्दले आफूहरुले जनताको सेवक बनेर काम गर्ने बताए । उनले चुनावको अधिकार प्रयोग गरेर मात्रै जनताको सेवा नहुने भन्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताए

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com