Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:२० दिउँसो
- ADVERTISEMENT -

महाधिवेशनका क्रममा मञ्चमै भयो हात हालाहाल

प्रकाशित मिति: २०८० चैत १९, सोमबार

442
Shares

 भट्टराई कुल वंश प्रतिष्ठानको महाधिवेशनमा नेतृत्वको विवादले चर्को रूप लिएको छ । महाधिवेशनका क्रममा मञ्चमै भट्टराई बन्धुहरुबीच हात हालाहाल भयो ।

प्रतिष्ठानको महाधिवेशन गत शुक्रवार र शनिवार चितवनस्थित देवघाटमा आयोजना भएको थियो । महाधिवेशनबाट यसअघिका अध्यक्ष दमकका शेरबहादुर भट्टराईले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेका थिए । उनलाई चुनौती दिँदै सुनसरीका दिनेशप्रसाद भट्टराईले पनि अध्यक्षमा दाबी गरेका थिए ।

अहिले उपाध्यक्ष घोषित भएका चितवनका राष्ट्रिय उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार १ सय ७० सदस्यीय कार्यसमितिमा बस्न इच्छुकहरुबीच लिखित उम्मेदवारी र सहमतिमा आउने प्रतिबद्धता पेश गर्न भनिएको थियो ।

अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्षसहित १४ पदाधिकारीसहितका इच्छुक भट्टराई बन्धुहरूले लिखित आकांक्षा व्यक्त गरे । उनीहरूका आकांक्षा संकलन गरेर निर्वाचन गराउने जिम्मेवारी युवराज भट्टराईको नेतृत्वमा रहेको निर्वाचनको मण्डलको थियो ।

१७ गते निर्वाचन मण्डलले लिखित आकांक्षा लिइसकेपछि नयाँ कार्यसमिति घोषणाअघि सातै प्रदेश संयोजकहरूसँग छलफल गरी सर्वसम्मत गराउने तयारी गरेको थियो । उक्त समिति घोषणाअघि छलफल हुँदाहुँदै निर्वाचन मण्डलले शेरबहादुरकै नेतृत्वमा तीन वर्षको कार्यसमिति प्रस्ताव गर्‍यो । त्यसपछि सुनसरीका दिनेशप्रसाद भट्टराई र दमकका दुर्गा भट्टराईलगायतले भौतिक प्रतिवाद गरे ।

देवघाटको हरिकीर्तन दैविक धर्मशालाको हलमा भएको छलफलका क्रममा उनीहरू मञ्चमै चढेर निर्वाचन मण्डलका संयोजकको हातमा रहेको कागज थुतेर च्यातचुत पारिदिए । त्यसपछि दुई पक्षबीच हात हालाहाल भएको थियो ।

भट्टराई बन्धु समाज चितवनका अध्यक्ष लीलाधर भट्टराईले नेपाल प्रेससँग कुरा गर्दै बागमती प्रदेश सहसचिव अग्नि भट्टराईले कागज आफूले च्यातेको भनेर सार्वजनिक रूपमै स्वीकारेको बताए । ‘विद्रोही’ टोलीले भने नेतृत्व हस्तान्तरणको माग गर्दा लफडा भएको दाबी गरेको छ ।

अन्त्यमा शेरबहादुरलाई नै अध्यक्ष घोषणा गरिएको छ । विद्रोही पक्षले पनि थप विवाद गर्न चाहेनन् । घटनालाई लिएर कतै उजुरबाजुर पनि गरिएको छैन ।

भट्टराई बन्धुहरुको महाधिवेशन हरेक तीन-तीन वर्षमा आयोजना हुन्छ । यसअघिको महाधिवेशन पोखरामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -