टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड वल्भ्स आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का बसिर अहमद आउट भएका हुन्।
उनलाई आयरल्याण्ड ‘ए’ का गेभिन होईले १९ रनमा आउट गरे।
यसअघि कप्तान विनोद भण्डारी ११, लोकेश बम ८ र देव खनाल ६ रनमा आउट भएका हुन्।
टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ ब्याटिङमा उत्रिएको हो।









































