टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि कमल सिंह ऐरीले चौथोे विकेट लिएका हुन्।
उनले आयरल्याण्ड एका स्टिफन डोहेनीलाई ३४ रनमा आउट गरेका हुन्। यो उनको दोस्रो विकेट हो।
यसअघि आरिफ शेख, र सागर ढकाल नेपालका लागि १–१ विकेट लिए।
टस जितेर नेपाल ‘ए’ ले पहिले बलिङ गर्ने निर्णय गरेको हो।









































