Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:१३ दिउँसो
- ADVERTISEMENT -

एभरेष्ट इन्टरनेशनल स्कुल जापानबाट २३ जनाले परीक्षा (एसईई) दिंदै

प्रकाशित मिति: २०८० चैत १५, बिहीबार

348
Shares

  जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो

एभरेष्टमा नेपाली पाठ्यक्रम अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक विष्णु भट्टले बताए । एभरेष्टमा नेपालीसँगै जापानिज, इन्डियन र जाम्बियाका विद्यार्थी पढ्छन् ।

विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । विद्यालयको क्षमता भन्दा धेरै विद्यार्थी भर्ना गर्न नमिल्ने हुँदा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई भर्ना लिन नसकिरहेको प्रधानाध्यापक भट्ट बताउँछन् । ‘पछिल्लो समय एभरेष्टमा पढ्न चाहने विद्यार्थी हृवात्तै बढेका छन् । तर हाम्रो स्रोत र साधनले नधान्ने हुँदा सबैलाई लिन सकिरहेका छैनौं’, प्रधानाध्यापक भट्टले भने

एभरेष्ट इन्टरनेशनल स्कुलमा नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुन्छ । आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ ले कक्षा ९ देखि १२ लाई माध्यमिक तह मानेको छ । यसपश्चात् २०७७ सालमा सरकारले विदेशमा १२ कक्षासम्म पठनपाठन गराउन पाइने व्यवस्था गरेको थियो । एभरेष्ट स्कुलकै पहलमा तत्कालीन मन्त्रिपरिषद्को बैठकले सो व्यवस्था गरेको विद्यालयका लगानीकर्ता भूषण घिमिरेले बताए ।

मन्त्रिपरिषद्को निर्णयपछि कक्षा १० सम्म सञ्चालित एभरेष्टले ११ र १२ कक्षा समेत सञ्चालनमा ल्याएको हो । ११ र १२ कक्षामा म्यानेजमेन्ट र विज्ञान संकायमा पढाइ हुँदै आएको छ ।

यो स्कुलबाट यसपटक २३ जनाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिंदैछन् । जसमा १५ छात्रा र ८ छात्र रहेका छन् । यहाँको  परीक्षा केन्द्रको नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने छ ।

प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । उत्तर पुस्तिका हुलाकमार्फत पठाइएको थियो भने प्रश्नपत्र इमेलमार्फत पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । यसरी हुने परीक्षाको विश्वसनीयतामाथि भने प्रश्न उठ्ने गरेको छ ।

एभरेष्टमा शिक्षक र स्टाफ गरी ६२ जना कार्यरत छन् । जसमा ९ जना जापनिज, १ जना अमेरिकन र २ जना फिलिपिन्स गरेर १२ जना विदेशी र अरू नेपाली शिक्षक छन् ।

जापानमा नेपालीको संख्या बढेसँगै विद्यालयको अभाव महसुस गरी सन् २०१३ बाट विद्यालय सञ्चालनमा ल्याएको संस्थापक अध्यक्ष भूपालमान श्रेष्ठले बताए । ‘टोकियोमा अमेरिका, इन्डियाले सञ्चालनमा ल्याएका अंग्रेजी माध्यमबाट पढाइ हुने इन्टरनेशनल स्कुलहरू थिए । महँगो शुल्कका कारण ती स्कुलमा नेपाली समुदायको पहुँच पुग्दैनथ्यो । जापानिज विद्यालयमा भर्ना गरे आफ्नो देशको भाषा, संस्कृति नजान्ने अवस्था रहने भएकाले नेपाली विद्यालयको आवश्यकता महसुुस गरी एभरेष्ट स्कुल सञ्चालनमा ल्याएका हौं’, संस्थापक अध्यक्ष श्रेष्ठले भने ।

जापानमा रहेर व्यापार व्यवसाय साथै रोजागारीमा संलग्न ६५ जनाको लगानीमा विद्यालय सञ्चालनमा छ । जसमा विद्यालय सञ्चालक समितिका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष श्रेष्ठ, व्यवसायीहरू महेश श्रेष्ठ, मेघराज नेपाल, दीपक सुवेदी, भूषण घिमिरे लगायत छन् ।

विद्यालयले सन् २०१७ नोभेम्बरमा टोकियोको ओगिकुबोमा ४० करोड येनमा भवन खरिद गरेको छ । जहाँ कक्षा ४ देखि १२ सम्म अध्ययन हुन्छ । नर्सरीदेखि युकेजीसम्म टोकियोको ओकुबोमा र १ देखि ३ कक्षासम्म आसागायामा पढाइ हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -