- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गृहमन्त्रीले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्छ : कांग्रेस

March 27, 2024
138
Shares
- ADVERTISEMENT -

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहकारीको छानबिन निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन्

उनले जनतालाई विश्वसनीय बनाउन लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्ने तर्क गरे। ‘पोखरा, बुटबललगायतका केहि सहकारीको रकम अन्य प्रयोजनको निम्ति ग्यालेन्सी टीभिमा आएको भन्ने छ। त्यसमा रवि लामिछानेको नामले पनि जम्मा भएको देखिएको छ। त्यो नाम गृहमन्त्री रवि लामिछानेको हो कि अरुको हो, नाममात्रै मिलेको हो कि ?।’ बडुले भने,‘हामीले संसदमा प्रश्न उठाइरहेका छौं। यदि उहाँ नै हो भने, छानबिन भइरहेको छ। यदि उक्त व्यक्ति उहाँ नै हो भने यसमा निष्पक्षता र विश्वसनीय बनाउनका निम्ति उहाँले यो छानबिन गराइहाल्ने र यो छानबिन नसकिँदासम्म मेरो जिम्मेवारीबाट बाहिरिन्छु भन्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो।’उनले कानुनभन्दा माथि कोही हुँदैन भन्ने बुझ्न लामिछाने छानबिनको दायरामा आउनुपर्ने स्पष्ट पारे। जो कोहि होस् अब छानबिन दायरामा जाने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे

- ADVERTISEMENT -

Advertisement

जनताले सहकारीमा राखेको पुँजी अपचलन भइरहेकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए। उनले सहकारीको गुनासो लामो समयदेखि आएकाले कति समातिए, कति फरार छन्  ? भन्ने जानकारी गराउन माग गरे। सहकारी पीडितको गुनासो आइरहेकाले प्रहरीले के गर्दैछ भन्दै प्रश्न गरे। उनले भने, ‘कति समातिए ? कति फरार छन् ? यस भन्दा अघि संसदमा पनि यो विषय उठाइरहेका छौँ। यो विषय एकदमै गम्भीर भयो। धेरै जसो सहकारीमा नागरिकले जम्मा गरेको पैसा फिर्ता हुने हो कि होइन चिन्तामा छन्।’उनले भने,‘कतिलाई रेड नोटिस जारी भएको भन्ने आइरहेको छ, केहो जानकारी गराउनुहोला।’

यसैगरी कांग्रेस नेता बडुले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित जग्गामा सांसद विनोद चौधरीमाथि छानबिन हुँदैछ भनेर सभामुखलाई पत्र किन पठाएको भन्दै प्रश्न समेत गरे।‘फौजदारी अभियोगमा सांसदमाथि मुद्दा चलेमात्र सभामुखलाई जानकारी गराउने कानुनमा उल्लेख छ। तर संवैधानिक व्यवस्था बाहिर रहेर सांसद विनोद चौधरीमाथि छानबिन हुँदैछ भनेर सभामुखलाई पत्र किन पठाएको हो, हामीले बुझ्न सकिरहेका छैन। ‘ह्यारेस्टमेन्ट’गराउने उद्देश्यले हो कि हामी बुझ्न सकिरहेका छैन। ?’उनले भने। 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com