Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:०२ दिउँसो
- ADVERTISEMENT -

भिमसेनथापा गाउँपालिका ८ वडा नं ४ जोड्ने तान्द्राङ खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न

प्रकाशित मिति: २०८० चैत ९, शुक्रबार

426
Shares

भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ने तान्द्राङ खोलामाथि बेलिब्रिज निर्माण भएको छ । बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण भएको हो । पुल निर्माणका लागी जलप होम जेभीसँग २०८० साल मंसिर १५ गते सम्झौता भएको गोरखा सडक योजनाले जनाएको छ ।

एक बर्षमा काम सक्नुपर्ने भएपनि चार महिनामै काम सम्पन्न भएको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । पुलसँगै वारीपारी ५०/५० मिटर ‘एप्रोच रोड’ समेत निर्माण भएको उनले जानकारी दिए । योजनाको कुल लागत ३ करोड ८९ लाख ८३ हजार (भ्याट सहित) रहेको कार्यालयले जनाएको छ । यसअघि पक्की पुलको डिपिआर भएपनि बुढीगण्डकी आयोजना डुवानका कारण बेलिब्रिज निर्माण गरिएको इन्जिनियर श्रेष्ठले बताए ।

‘पहिले पक्की पुलकै डिपिआर तयार भएको थियो, तर बुढीगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने भएकाले बेलिब्रिज हालेको हो । डुवान नहुदाँसम्म यही पुलले काम गर्छ, डुवान हुने बेला निकाल्न मिल्छ,’ उनले भने । उक्त पुलबाट भीमसेन थापा, आरुघाट, धार्चे, चुमनुव्री सँगै धादिङ जिल्लाका स्थानीय समेत लाभान्वित हुने बताइएको छ । गोरखाको सो क्षेत्रमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनका लागी वेनिघाट, काठमाण्डौ लगायतका ठाउँमा लैजान समेत सहज हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -