Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२५:२७ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री लामिछाने – ‘सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु’

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

257
Shares

काठमाडौं- सुनको अवैध पैठारी (तस्करी) को कारण पत्ता लाएर समाधानको उपाय सुझाउन भनेर गठन गरिएको आयोगले पाँच महिना अध्ययन सकेर आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगका अध्यक्ष आचार्यका अनुसार, आयोगले विभिन्न ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन गरेको थियो । साथै ६८ व्यक्तिसँग बयान लिएको थियो । ६१ जना विज्ञसँग आयोगले परामर्श, विज्ञसँग सुझाव र अनुसन्धान सन्यन्त्रमा कार्यरत कर्मचारीहरुको रायसुझावपछि आयोगले प्रतिवेदन तयार गरेको आचार्यले बताए ।

प्रतिवेदन बुझेपछि गृहमन्त्री लामिछानेले आयोगले दिएको सुझावको कार्यान्वयन गरिने बताएका छन् । उनले दोषीलाई कारबाही हुने र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने बताए ।
आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राय-परामर्श एवं केही भन्सार क्षेत्रको निरीक्षण र कागजात अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -