झापा – झापा गोल्डकपको फाइनल खेलमा राखिएको डिस्प्ले बोर्ड खस्दा खेल हेर्न आएका कम्तीमा तीन जना दर्शक घाइते भएका छन्।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबारको फाइनल खेल हेर्न आएका दर्शक घाइते भएका हुन्। उनीहरूको नाम खुलेको छैन।
खचाखच भीडमाथि राखिएको बोर्ड एक्कासी ढलेको थियो।








































