काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान गर्दै छ । श्रेष्ठमाथि आइतबार पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा सहभागी भएका बेला हातपात गरिएको थियो ।सो घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान थालेको छ । घटनाबारे नेता श्रेष्ठले निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो
काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । घटनामा संलग्नको खोजी गरिरहेको उनले बताए ।“हामीले अनुसन्धान थालेका छौँ । कुटपिट गर्ने युवाहरूको पहिचान भएको छैन,” उनले भने ।








































