Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:५७ दिउँसो
- ADVERTISEMENT -

नेपाली छात्रालाई नासामा अनुसन्धानको अवसर

प्रकाशित मिति: २०८० फागुन २८, सोमबार

435
Shares

काठमाडौँ, फागुन २८ गते । अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले संयुक्त राज्य अमेरिकाको उच्चतम अनुसन्धान केन्द्रमा अनुसन्धान र विश्लेषणका लागि अवसर पाउनु भएको हो । 

उहाँले अमेरिकाको मात्र नभई विश्वकै अन्तरिक्ष अनुसन्धान केन्द्रका रूपमा रहेको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)मा काम गर्न अनुसन्धान वृत्ति पाउनु भएको हो ।

वासिङ्टन स्टेट युनिभर्सिटीमा स्नातक तेस्रो तहमा अध्ययनरत मोरङको सुन्दर हरैँचा निवासी एन्जिला वस्तीले अध्ययनकै व्रmममा नासाका वैज्ञानिकहरूसँग सौर्य ऊर्जा प्रणालीको चुम्बकीय तथा प्लाज्मा अध्ययनका लागि अन्तरिक्ष अभियानको क्रममा प्राप्त तथ्याङ्कको विश्लेषण कार्यमा सहकार्य गर्नुहुने छ । 

युनिभर्सिटी स्पेस रिसर्च एसोसिएसनका तर्फबाट गरिएको मनोनयनमा उहाँका नासाका प्रायोजक र अनुसन्धानका निरीक्षक डा. जिना डिब्रासियो र डा. नोर्बेत्रो रोमानेल्ली रहनु भएको छ । उहाँलाई सन् २०२४ मे ६ देखि २०२४ जुलाई १९ सम्मका लागि अनुसन्धानमा लगाउन लागिएको हो । 

धनकुटाको फलाँटेका वस्ती परिवारमा जन्मेकी एन्जिलाले काठमाडौँस्थित बुढानीलकण्ठ स्कुलबाट एसइई उत्तीर्ण गर्नुभएको हो । उहाँका पिता तुलसी प्रसाद वस्ती मितेरी बैङ्कमा कार्यकारी प्रमुख र माता कोपिला निरौला पूर्व शिक्षिका हुनुहुन्छ ।

एन्जिलाले सुनसरीको धरानस्थित दिल्ली पब्लिक स्कुलबाट कक्षा १२ पूरा गरी उच्च अध्ययनका लागि अमेरिका जानुभएको हो । उहाँको खगोल विज्ञानप्रतिको विद्यालय शिक्षाको बेलादेखि नै हो । एन्जिलाले सन् २०२२–२०२३ मा डिनलिस्ट छात्रवृत्ति, सन् १९१९ मा रोबोटिक्स प्रतिस्पर्धामा काम गर्नुभएको थियो ।

युनिभर्सिटी अफ कोलोराडोमा एरोस्पेस इन्जिनियरिङ अध्ययन गर्दै गर्दा उहाँको रुचि खगोल विज्ञानतर्फ मोडिएपछि आफूले विश्वविद्यालय नै परिवर्तन गरी वासिङ्टन स्टेट युनिभर्सिटीमा खगोल विज्ञानको सिद्धान्त र गणित अध्ययन थालेको बताउनुभयो । उहाँ अहिले विश्वविद्यालयमा नै प्राध्यापकको सहायकका रूपमा कार्यरत हुनुहुन्छ ।

एउटा विश्व वैज्ञानिक सम्मेलनमा नोबेल पुरस्कार प्राप्त भौतिक शास्त्रीहरूसहित नासाका वैज्ञानिकसँग भेट भएर आफ्नो रुचि क्षेत्र बताएपछि अहिलेको अवसरको बाटो खुलेको बताउनुभयो । नासामा आफूलाई ब्ल्याक होलबारे अध्ययन गर्ने चासो रहे पनि त्यो चौथो वर्षमा मात्र सम्भव हुने भएको जानकारी दिनुभयो । 

अमेरिकाका विश्वविद्यालयमा अन्य विद्यार्थीभन्दा उच्च अङ्क ल्याए पनि नासाको नियम अनुसार आफूले अध्ययन अनुसन्धानको अवसर नपाउने कुरा नासाका वैज्ञानिकद्वय डा. जिना डिब्रासियो र डा. नोर्बेत्रो रोमानेल्लीलाई बताएपछि उहाँहरूले आफ्नातर्फबाट केही पहल गर्ने आश्वासन दिएको स्मरण गर्दै अहिले त्यही अनुसार काम पाएको जानकारी दिनुभयो । 

नासाका वैज्ञानिकलाई आफूले भनेपछि विभिन्न चरणका जुम बैठकमा परीक्षण गरेर मात्र आफूलाई चयन गरिएको जानकारी पनि एन्जिलाले दिनुभयो । उहाँले मङ्गल र वृहस्पति ग्रहका तथ्याङ्कको विश्लेषणमा वैज्ञानिकहरूसँगको समूहमा काम गर्ने बताउनुभयो । 

उहाँको काम पूर्णकालीन अनुसन्धाता नभई स्नातक अध्ययनरत विद्यार्थीका रूपमा नै हुने छ । त्यसका लागि नासाले नै उहाँलाई छात्रवृत्ति प्रदान गरेको युनिभर्सिटी स्पेस रिसर्च एसोसिएसनका तर्फबाट निर्देशक लिन्डा पार्करले उहाँलाई दिएको पत्रमा उल्लेख छ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -