उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
आइतबार मन्त्रालयको कार्यभार सम्हाल्दै यादवले स्वास्थ्य सेवालाई सबैको सहज पहुँचमा कसरी पुर्याउने भन्ने चुनौती रहेकाले यसैलाई प्राथमिकता दिएर काम गर्ने बताए।
स्वास्थ्य सेवा लिन नागरिकले धेरै भिडभाड गरेर लाइन बस्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यादवले भने, ‘सर्जरीका लागि एपोइन्टमेन्ट लिन पनि लामो लाइन लाग्ने अवस्था छ। त्यसलाई सहज बनाउन अनलाइनबाट अपोइन्टमेन्ट लिन सक्ने, लामो भिड नहोस्, समयमा सबैले उपचार सेवा पाऊन्। त्यसका लागि आवश्यक कार्य गर्ने पहिलो निर्णय गरेको छु।’








































