काठमाडौं। यसवर्षको महाशिवरात्रिका लागि भारत तथा नेपाल कै विभिन्न भागबाट आएका साधुसन्त तथा जोगीलाई बिदाइ गरिएको छ।
आइतबार पशुपतिनाथ परिसरबाट ६ हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसपाली महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।महाशिवरात्रीका लागि आएका साधुसन्तहरु फाल्गुन शुक्ल एकादशीमा पशुपति मन्दिर प्रवेस गरेर फाल्गुन शुक्ल औसीका दिन बाहिरिने गर्दछन्। यसबर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब रु २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ।








































