काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयबाहिर कुटाकुट भएको छ । कार्यसम्पादन समितिको बैठकलगत्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यालयबाहिर कुटाकुट भएको हो ।
बैठकका निर्णयहरू सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलन सुरू नहुँदै कुटाकुट भएको हो ।
बैठक सकिएपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेताहरू विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाहीलगायतका बाहिरिँदै थिए । त्यही बखत एक पुरुष विपरीत दिशाबाट भाग्दै आए, उनलाई अरु केही जनाले लखेट्दै थिए । ती पुरु को हुन् भन्ने खुलेको छैन ।
लखेट्नेहरूले लिङ्देनको कार्यालयबाहिर भेटेपछि कुट्न थाले । कुटिने व्यक्ति लिङ्देनको कार्यालय छिर्न खोज्दै थिए ।
त्यसपछि उपाध्यक्ष बुद्धिमान तामाङ, दीपक सिंहलगायतका नेताहरूले उत्तेजित भीडलाई नियन्त्रण गरे । त्यसपछि कुटिएका व्यक्ति भित्र परे ।








































