त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आयोजक हङकङ र नेपालसँगको खेलमा फेरि वर्षा बाधक बनेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षा बाधक बनेको हो ।
यसअघि ५ ओभर सकिँदा पानी परेपछि खेल रोकिएको थियो । पानी पर्नुअघि नेपालका लागि गुलशन झा र करण केसीले एक/एक विकेट लिए । गुलशनले ७.२ ओभरमा हङकङका कप्तान निजाकत खानलाई २५ रनमा बोल्ड गरे । नेपाललाई पहिलो सफलता करण केसीले दिलाए ।
उनले पहिलो ओभरको पहिलो बलमै मार्टिन कोएत्जीलाई शून्यमै आउट गरे । नेपालले आज पनि टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालले शनिबार हङकङविरुद्ध मैत्रीपूर्ण टी–२० खेल खेलेका राशिद खान, सागर ढकाल र आकाश चन्दलाई बाहिर राखेर लोकेश बम, करण केसी र अविनाश बोहरालाई मौका दिएको हो ।
सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने पपुवा न्यूगिनी (पिएनजी) सँग खेल्ने तालिका छ ।








































