Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२२:५१ दिउँसो
- ADVERTISEMENT -

खोटाङमा तीन घर जलेर नष्ट

प्रकाशित मिति: २०८० फागुन २७, आइतबार

312
Shares

खोटाङ, फागुन २७ गते । खोटाङमा तीन वटा घर जलेर नष्ट भएका छन् । जंगलमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र मतान जलेको छ। 

यस्तै, गाईवस्तुलाई खोले पकाउने क्रममा सल्किएको आगोले ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल नैसालाका मदन दाहालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय असोजे सामुदायिक वनमा लागेको डढेलोले सुमित्राको दुई तले दुई वटा घर र एक तले एउटा मतानको छानासमेत जलेको हो । एउटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताउनुभयो । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय भबिन राईको बायाँ खुट्टा मर्किएको प्रहरीले जनाएकाे छ ।

सामुदायिक वनमा लागेको डढेलोले घर जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जना, ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षकको कामाण्डमा ९ जना, प्रहरीचौकी बुईपाबाट २ जना, प्रहरी चौकी नुनथलाबाट २ जना र प्रहरीचौकी अर्खौलेबाट २ जना गरी २८ जनाको टोली खटिएका थिए । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि प्रहरीको टोली आ–आफ्नै कार्यालय फर्किएका छन् । 

यस्तै, घर नजिकै रहेको गोठमा गाईवस्तुका लागि खोले पकाउने क्रममा बालेको आगो सल्किँदा राखाबांदेलका मदन दाहालको ढुंगा माटोको पर्खाल र टिनको छाना भएको तीन तले घर जलेको हो । आगोले गुवाली जल्दा दुई वटा बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा दाहालको नगद ७० हजार, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, कागजपत्र लगायत जलेको प्रहरीले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -