हङकङमा त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज पहिलो खेल हुँदै छ । पहिलो खेल नेपाल र हङकङबीच हुन लागेको हो ।
आजदेखि सुरु हुने सिरिजमा नेपाल र हङकङका साथै पपुवा न्युगिनीबीच खेल हुनेछ । नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।
यसअघि शनिबार नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्यस्तै मंगलबार नेपाल र पपुवा न्युगिनीबीचको खेल हुँदैछ ।
नेपालले सिरिजका लागि राष्ट्रिय टिमका नियमित केही सिनियर खेलाडीलाई विश्राम दिएर रोहित कुमार पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ । नेपाली टिममा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।








































