गोरखा बगुवा समाजको दोस्रो अधिबेशनले सुबास सुनारको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ। कार्य समितिमा उपाध्यक्ष इन्द्र बहादुर सुनार, सचिबमा उत्सब बिक , सहसचीवमा प्रकाश गज्मेर, कोषाअध्यक्षमा सुरेन्द्र बिक र सदस्यहरुमा कृष्ण बिक , रुपेश बिक लाई चयन गरिएको छ।
२०७४ सालमा स्थापना भएको यस सस्थाले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिबेदन समेत पास गरेको छ।
सस्थाका निबर्तवान अध्यक्ष लक्ष्मण बि.कले नयाँ कार्य समितीलाई बधाई दिदै सस्थाका सबै सदस्यहरुले इमानदार पुर्बक सबैले आआफ्नो भुमिका र जिम्मेवारी निर्वाहा गरेर नै आफुहरुको सानो सानो बचत र समूहको योगदानले सस्था यहाँ सम्म आएको भन्दै अझै सस्थालाई कृयाशिल बनाउनु पर्नेमा जोड दिनु भयो।
अध्यक्षमा निर्वाचित सुबास सुनारले आर्थिक गतिविधि क्रियाशिल बनाई अर्थोउपार्जन लगायत सामाजिक काम समेत सस्थाले आफ्नो भुमिकामा जोड दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।








































