Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:४३ दिउँसो
- ADVERTISEMENT -

गोरखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

237
Shares

२४ फागुन, गोरखा । गोरखा नगरपालिकाको बिहीबार भएको नगरसभाको १३ औ अधिवेशनमा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

कार्यसूचीहरुमा छलफलको समय माग गर्दा सभा अध्यक्ष नगर प्रमुख कृष्णबहादुर राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर सुवेदीले समय नदिएको र प्रमुख प्रशासकीय अधिकृतको भूमिका समन्वयकारी नभएको कांग्रेसका जनप्रतिनिधिहरुको भनाइ छ । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति आपत्ति जनाएका छन् ।

‘कार्यसूची बमोजिमका विषयमा निर्णायार्थ प्रस्ताव गर्दै हुन्छ वा हुन्न भन्ने शब्दहरुको अल्पमत बहुमतको समेत ख्याल नगरी नगरसभा सदस्यहरुको आवाजलाई बेवास्ता गरी कार्यसूचीमा प्रस्तुत भएका दफाहरु एकलौटी ढंगबाट स्वीकृत भएको घोषणा गर्दै नगर सभा अन्त्य भएको घोषणा गर्नुभयो’ विज्ञप्तिमा भनिएको छ । नगर सभाका सदस्यहरुको छलफलमा भाग लिने अधिकार बञ्चित गरिएको भन्दै पुनः नगरसभा बोलाउन माग गरेका छन् ।

प्रस्ताव पेश गरेपछि नगर सभा सदस्यहरुले छलफल गर्न पाउनुपथ्र्याे, ठीक बेठीक भन्ने विषयमा हुन्छ वा हुन्न भन्ने अधिकार पनि पाएनन् । प्रस्ताव पेश भएपछि एक्कासी पास भयो भन्दै ताली बजाए । समय माग गर्दा सभा सम्पन्न भएको घोषणा गरेर अध्यक्ष (मेयर) हिड्नुभयो’, नगर सभा सदस्य एवं वडा नम्बर २ का वडाअध्यक्ष रहमतुल्लाह मियाले भने ।

सभामा नगर उपप्रमुख मसलीमाया थोकरले गोरखा नगरपालिकाको विनियोजन ऐन २०८० को पहिलो संशोधन प्रस्तुत गरेकी थिइन् । त्यस्तै सभामा नगर सभा सदस्य मियाले स्वास्थ्य ऐन २०७५ को पहिलो संशोधन प्रस्ताव र शितलकाजी मास्केले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि छलफल नै नगरिएको कांग्रेसका जनप्रतिनिधिहरुको भनाइ छ ।

यस बिषयमा थप बुझ्न गोरखा नगरपालिकाका मेयर कृष्ण राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर सुवेदीलाई फोन गर्दा उठेन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -