२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने र भत्काउने खेलमा नरहेको बारम्बार भनिरहे पनि आफूहरुका विषयमा भ्रम फैलाइएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले राप्रपा यो गठबन्धनमा सहभागी हुन इच्छुक भए पनि सहभागी नगराइएको भनी भ्रम फैलाइएको बताएका हुन् ।
‘कतिपय साथीहरुलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, उसले पनि प्रयास गरेको थियो भन्ने अर्थ लगाइयो मात्र होइन, कतिपय साथीहरुले हामीले नलिने भएका छौं भन्नुभयो’, उनले भने, ‘यसलाई राप्रपाले नोटिसमा राखेको छ
राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भनिसकेपछि पनि आफूहरुबारे गलत टिप्पणी गरिएको गुनासो गरे ।








































